मुख्य समाचार
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद |

चुनाव हारिएला, कसैसंग टासिएर चुनाव लड्दैनौं : गगन

Ujyalosandeshonline 12718+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

 धकधई । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो ।

समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो–‘हामीबाट विगतमा केही गल्ती पनि भएका छन्, त्यसलाई सुधार गर्ने हो, गल्ती भयो भनेर माफी माग्ने हो, पार्टीलाई सुधार गर्न सकिन्छ, चुनाव हारिएला तर अब कसैसंग टासिंएर चुनाव लड्दैनौं ।’

उहाँले विगतमा कसैसंग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउँदै त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने बताउँदै अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने भनाई राख्नुभयो । उहाँले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताउनु भयो ।

प्रतिनीधि सभाका सदस्य समेत रहनु भएका काँग्रेस महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रीत संवाद यात्राको दोस्रो चरणको कार्यक्रम आजैदेखि नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आउनु भएका थापाले धकधईमा स्थानीयसंग सुझाव संकलन गर्नुभएको छ भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसंग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिनु भएको छ । त्यस्तै पार्टीका नेताहरुसंग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।

महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका अनुसार भोली शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया हुनेछ । त्यसपछि दिउँसो कपिलबस्तु जाने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार