मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा

Ujyalosandeshonline 12678+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला भावनाले मात्र काम नगर्ने हुँदा सीप र क्षमता विकास गरेर सहयोग गर्न पार्टीपंक्तिलाई आह्वान गर्नुभएको छ । कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो । 

“ज्ञानमा आधारित जनशक्तिले मात्र परी आउँदा सहयोग पुर्‍याउन सक्ने हुन्छ”, उहाँले भन्नुभयो, “सहभागीहरूलाई कांग्रेसको नयाँ अभियानमा यही विषयमा केन्द्रित रहेर सेवा भावका साथ काम गर्न आह्वान गर्छु ।” कांग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा पार्टीले विपद्मा परेका मानिसको उद्धार गर्न नसेकेर टुलुटुलु हेर्नु परेको आवस्थाको उदाहरण दिँदै अबका दिनमा पार्टी विपद्लगायत सामाजिक काममा क्रियाशील हुने बताउनुभयो । 

 “विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण यसको आरम्भ गरेका छौँ । यस्ता खालका प्रशिक्षण देशभर सञ्चालन गर्ने सोचमा पार्टी रहेको छ”, उहाँले भन्नुभयो । कांग्रेसले साउन १६–१८ चल्ने प्रशिक्षणमा विपद् विज्ञहरू तीवेन्द्र बाँस्कोटा, भोजराज घिमिरे, पिताम्वर अर्याल, पूजा शाक्य, राम भट्टराई र लक्ष्मण माली प्रशिक्षक रहनुभएको छ । प्रशिक्षणमा सैद्धान्तिक ज्ञानका अतिरिक्त व्यावहारिक अभ्याससमेत गराइने कार्यक्रम संयोजक मानबहादुर थापाले जानकारी दिनुभएको छ । प्रशिक्षणमा ४० भन्दा बढी युवाहरू सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार