मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मधेश आन्दोलनका कारण संघीयता स्थापना भएको दाबी

Ujyalosandeshonline 11768+ समाचार ( )
५ माघ २०८१, शनिबार

रौतहट । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन् ।

सिरहाको लाहानमा रहेको महतो सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिबार बिहान त्यहाँ पुगेका हुन् ।

उनले मधेश आन्दोलनका कारण मधेशमा संघीयता स्थापना भएको दाबी गरेका छन् । मधेश आन्दोलनको क्रममा महतो सहित संघीयता, पहिचान, समावेशीकरण लगायत अधिकार प्राप्तीको लागि आन्दोलनमा आफ्नो बलिदानी दिएको उनले उल्लेख गरेका छन् । माघ ५ गतेका दिन मधेस सरकारले मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।

बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो । मधेस सरकारले सहिदहरुको परिवारलाई अभिनन्दनका साथै सहिदहरुको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।

जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने उनले बताए । मधेश प्रदेशका जिल्लामा शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार