मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङदेन

Ujyalosandeshonline 12321+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन् । राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ हरेक वर्ष धार्मिक पदयात्रा गर्ने गरेको बताए । 

उनले भने, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजना हामीले हरेक वर्ष श्रावणको एउटा सोमबार मैतीदेवीबाट पशुपतिनाथ पदयात्रा गर्ने गरेको छ । यसको मूल उद्देश्य भनेको नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने, सरकार र अन्य राजनीतिक दलहरुलाई हिन्दुत्वको पक्षमा जनदबाब सिर्जना गर्ने रहेको छ ।’

यस्तै, उनले हिन्दुत्वको संरक्षणको लागि कार्यक्रमहरु सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि बताए । 

सोही क्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल धर्मको केन्द्र भएपनि धर्मको नाममा कहिले पनि लडाइ नभएको भन्दै नेपालमा सबै धर्म एकै ठाँउमा मिलेर बसेको बताए । पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार