मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

Ujyalosandeshonline 12548+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ गइरहेको बाप्र०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये छ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, चार जनाको मध्यम रहेका छन्भने अन्य छ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छभने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर गरिएको छ ।

मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी (सहचालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बू रहेका छन् । उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सहचालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पतालमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार