मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सशस्त्र प्रहरीको सक्रियता: साढे सात लाख बढीको अवैध सामान र चौपाया नियन्त्रणमा

Ujyalosandeshonline 12455+ समाचार ( )
२२ श्रावण २०८३, शुक्रबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको नेतृत्व र सक्रियतामा अवैध सीमा ओसारपसार नियन्त्रण कार्यलाई तीव्र पारिएको छ । सीमा क्षेत्रमा कडाइ गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको कस्मेटिक सामान र चौपाया नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरी नायव उपरीक्षक भट्टराईकै प्रत्यक्ष कमाण्डमा खटिएको टोलीले जिल्लाको रोहिणी गाउँपालिका–१ सेमरपानी इलाकामा जाँच गर्दा करिब रु सात लाख तीन सय ५० बराबरको अवैध कस्मेटिक सामान बरामद गरेको छ । उहाँको नेतृत्वमा सीमा सुरक्षालाई थप चुस्त बनाउँदै चोरी-पैठारी रोक्न प्रहरी टोली अहोरात्र खटिएको छ ।

यसैगरी, सोही इलाकामा खटिएको अर्को टोलीले पनि अवैध रूपमा भन्सार छली ल्याइएका रु ४० हजार मूल्य बराबरका चार वटा पाडा नियन्त्रणमा लिएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि र राजस्व चुहावट नियन्त्रणमा डण्डा गुल्मले देखाएको यो सक्रियतालाई निकै सकारात्मक रूपमा लिइएको छ । नियन्त्रणमा लिइएका सम्पूर्ण सामान र चौपायालाई आवश्यक कारबाहीका लागि सम्बद्ध निकायमा पठाउने प्रक्रिया अघि बढाइएको डण्डा गुल्मले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार