मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

प्रचण्डले लिए भक्काको स्वाद

Ujyalosandeshonline 12617+ समाचार ( )
५ माघ २०८१, शनिबार

बिराटनगर ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल  (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् ।

मोरङको बिराटनगर पुगेका प्रचण्डले आज शनिबार बिहान  मर्निङ वाक गर्ने क्रममा  एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् ।

तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्रिया दिएका छन् ।उनको साथमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता पनि थिए । राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक संजाल फेसबूक मार्फत पोस्ट गरेका छन् । शनिबार  दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने समेत उनले जानकारी दिएका छन् ।

मोरङको बस्तीमा अहिले सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । यो परिकार पुस–माघको चिसो मौसममा हुरहुरी बाफ उड्ने गरि तातो खाजाका रुपमा भक्का राजवंशी समुदायका महिलाले बनाउने गर्दछन् । भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । यो प्रायः चिया र अचारसँग खाने गरिन्छ । भाक्का पोसिलो, स्वादिलो र आडिलो हुने भएकाले जनमानसमा लोकप्रिय बनिसकेको छ।

झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो मानिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार