मुख्य समाचार
स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा |

संघीय निजामती सेवा विधेयक छिटै कार्यान्वयनमा जाने

Ujyalosandeshonline 11006+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा प्रस्तुत भएको उल्लेख गर्दै छिटै कार्यान्वयनमा जाने बताएका छन् ।

बुधबार नेपाल जनप्रशासन संघद्धारा काठमाडौंमा आयोजित संघीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा सभापति खतिवडाले लामो समयपछि संघीय निजामती सम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसमा पर्याप्त छलफलको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नियम कानुन र ऐनहरु जति निर्माण गरिन्छ, हाम्रा लागि भन्दा पनि सम्बन्धित समस्याबाट गुज्रेकाहरुका लागि हो । धेरै पहिले निर्माण भएको संघीय निजामती सेवासम्बन्धी विधेयक फेरि संसदमा प्रस्तुत भएको छ । यसमा अझै केही परिमार्जनहरु आवश्यक छन् । जस्ताको तस्तै पारित हुने सम्भावना एकदम कम देखेको छु । स्थानीयलाई संघमा ल्याउने कि नल्याउने प्रदेशलाई संघको अधिकार दिने कि नदिने यावत विषयहरु छन् । लामो समयपछि आएका छौं । पछि पछुताउने गरि निर्णय नगर्ने योजनामा हामी छौं ।’

सभापति खतिवडाले विधेयक विशेषगरि कर्मचारीको हकहित र जनताको सरोकारका लागि निर्माण गरिएको उल्लेख गर्दै सबै पक्षको सकारात्मक प्रतिक्रियालाई समावेश गर्दै अगाडि बढाइने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार