मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

बाहिर कांग्रेस नेताहरुले भनेजस्तो अहिले गठबन्धनमा कुनै समस्या छैन् : माओवादी

Ujyalosandeshonline 12457+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेसका नेताहरुले सरकार परिवर्तनको विषयलाई लिएर बाहिर भने जस्तो समस्या गठबन्धनभित्र नभएको स्पष्ट पारेको छ । 

शुक्रबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्नी प्रसाद सापकोटाले कांग्रेसका नेताहरुले सरकार परिवर्तनलाई लिएर जे जस्तो धारणा राखेता पनि अहिले गठबन्धनमा कुनै समस्या नभएको प्रस्ट्याए । उनले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी पनि गरे । 

उनले भने,‘कांग्रेसका कतिपय नेताहरुले केके भन्छन् भनेर त्यसको हिसाब किताब राखेर साध्य छैन् । अहिले गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन जान्छ पाँचै वर्ष जान्छ ।’

त्यस्तै बैठकमा विधान सम्बन्धि छलफल सुरु भएको पनि उनले जानकारी दिए । मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको र सो प्रतिवेदनमाथि छलफल सुरु भएको उनले बताएका छन् । 

‘बैठकमा सबभन्दा पहिला विधान मस्यौदा कार्यदलको संयोजक उपाध्यक्ष पम्फा भूषालले छलफलका लागि धारणा राख्नुभयो । त्यसपछि महासचिवले राख्नुभयो र उपमहासचिवहरु र त्यसबाहेक स्थायी कमिटी सदस्यले धारणा राख्नुभयो,’ सापकोटाले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार