मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’

Ujyalosandeshonline 11540+ समाचार ( )
८ कार्तिक २०८२, शनिबार

नवलपुर (नवलपरासी) । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।  

उहाँकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ हजार ३१५ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रको बनाउने आउनेमा पाँच हजार ४०८ जना महिला तथा तीन हजार ९०७ जना पुरुष रहेका उहाँको भनाइ छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तीव्ररुपमा भइरहेको उहाँको भनाइ छ ।   

बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि जिल्लावासी राष्ट्रिय परिचयपत्र बनाउन आउन लागेका उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै आएको छ ।   

त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले राहदानी (पासपोर्ट) बनाएका छन् । गत साउनदेखि असोज मसान्तसम्म जिल्लामा एक हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ४१२ जनाले विद्युतीय राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारीसमेत रहनुभएका शर्माकाअनुसार पछिल्लो तीन महिनामा ९५९महिलाले नयाँ नागरिकता बनाएका छन् ।  

त्यस्तै ८८२ जना पुरुषले नयाँ नागरिकता लिएका शर्माले बताउनुभयो । यही अवधिमा जिल्लामा एक हजार ९४९ जना पुरुष, एक हजार ३४५ महिला तथा १२१ नाबालकले विद्युतीय राहदानी लिएका शर्माले जानकारी दिनुभयो । जिल्लावासीले वैदेशिक अध्ययन, रोजगारी तथा घुम्न जानका लागि राहदानी बनाउने गरेका उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाबाट राहदानीको फारम भर्ने र चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको बताउनुभयो ।  

गत असोज मसान्तसम्म जिल्लाबाट एक हजार ३३१ पुरुष तथा एक हजार २४८ महिला गरी दुई हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका उहाँको भनाइ छ । त्यस्तै ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार