मुख्य समाचार
राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन | ओमसतियामा प्रथम उपाध्यक्ष कप सुरु | प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने | विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन— प्रधानन्यायाधीश | डिजाइन एक्स्पोमा उपप्रमुख |

बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा

Ujyalosandeshonline 2594+ समाचार ( )
२१ मंगशिर २०८०, बिहीबार

बुटवल बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको सरुवा भएको छ। गत कात्तिक २१ गते घरायशी कारण देखाउँदै बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत भुसालको मंसिर २० मा गृह मन्त्रालयमा सरुवा भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्रमार्फत बुटवल उपमहानगरपालिकालाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापनबारे जानकारी गराएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भुसाललाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरिएको जानकारी दिएको छ।

'उहाँ आफ्नो इच्छाले सामान्य प्रशासन मन्त्रालयको अनुमतिमा बिदामा बस्नुभएको थियो, नगर प्रमुख खेलराज पाण्डेय भन्छन्-यति धेरै समय प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा नगरको काममा प्रभाव परेको थियो, उहाँको गृह मन्त्रालयमा सरुवा भयो भन्ने पत्र आएको छ।'

उनले भुसालको सरुवा भएपछि अर्को प्रमुख प्रशासकीय अधिकृत आउनका लागि खुला भएको र छिटै नै प्रमुख प्रशासकीय अधिकृत आउनेमा आफु विश्वस्त रहेको बताए।

'उहाँसँग हाम्रो कुनै दुखेसो थिएन, उहाँलाई गैरकानुनी र अनियमित काम गर्नुस् भन्ने सवाल नै रहँदैन, उनले भने-जनप्रतिनिधिले नीति कार्यक्रम ल्याउने र त्यसको कार्यान्वयनका लागि कर्मचारीले नियमसंगत काम गर्ने हो, कसैलाई पनि अनुचित र गैरकानुनी काम गर्नुस् भन्ने कुरा हुँदैन, कसैले गलत प्रचार गर्ने नियतले अनावश्यक कुराको प्रचार गर्छ भने त्यसमा हाम्रो टिप्पणी रहँदैन।'

उनले वार्षिक बजेट र नीति कार्यक्रमअनुसार कर्मचारीले काम गर्नुपर्ने र तय गरिएको लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध हुनुपर्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार