मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ

Ujyalosandeshonline 12198+ समाचार ( )
५ जेठ २०८१, शनिबार

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 

लापसे गरेर सवारी चलाइरहेका उनीहरुलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दए ।

ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका–३ का २६ वर्षीय सुशिल परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका–१० का २६ वर्षीय पारस अधिकारी, मधेश प्रदेश ०३–००१ ख ७७ ४४ नम्बरका ट्रक चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ का २७ वर्षीय सुरेश तामाङ, बागमती प्रदेश ०१–००३ क ८७ ३४ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का ३१ वर्षीय श्रीकृष्ण कार्की र ना ६ ख २९ ०९ नम्बरका ट्रक चालक चितवनको राप्ती नगरपालिका–३ का २२ वर्षीय जिवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव,ड्रग्स किटमा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ । 

नागढुङगामा हिजो २५ ओटा सवारी साधनलाई चेक गर्दा ६ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।  ट्राफिक प्रहरीले नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाएको छ । चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको एसएसपी श्रेष्ठले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार