मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचीकृत नभएका बीउ खुलेयाम बिक्री

Ujyalosandeshonline 11874+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु  बिक्री गर्ने गरेको पाइएको छ ।  कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध तरिकाले सञ्चालन भैरहेको पाइएको हो ।

सेन्टरहरु दर्ता बिनै सञ्चालन भएका, अधिकांशको नविकरण नभएको, नेपालमा सुचिकृत नभएका र प्रतिबन्धीत विषादीहरु  बिक्री गरेको अनुगमनका क्रममा पाइएको छ । व्यवसायीहरुले विषादी भण्डारण र बीउको गुणस्तरमा समेत लापरवाही गरेको पाइएको छ । अनुगमनका क्रममा सल्लाह सुझाव सहित पहिलो पटकलाई सचेत गराएर छाडिएको कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले जानकारी दिए ।

बीउबिजन, विषादी र मलखाद  बिक्री गर्दा तालिम प्राप्त व्याक्तिले मात्रै बिक्री गर्न पाइन्छ । तर, प्राविधिक ज्ञान नभएका अदक्ष व्याक्तिले एग्रोभेट सञ्चालन गर्दा ग्रामिण भेगका किसानहरु ठगिनुपर्ने बाध्यता छ । तालिम लिएका पुराना व्यवसायीहरुलाई पनि संशोधन भएका कानून र प्राविधिक ज्ञानका बारेमा पुनर्ताजगी तालिमको आवश्यक देखिएको छ । एउटा एग्रोभेट सञ्चालन गर्दा अथवा नविकरण गर्दा संघ, प्रदेश र स्थानीय तह तीनै तहका निकायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि व्यवसायीहरुले एग्रोभेट सेन्टर दर्ता गर्न झण्झट मानिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार