मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

महानन्द चोकमा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

Ujyalosandeshonline 12461+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

झापा । झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी  युवतीको  पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी  मनिशा लोहार भएको  खुलेको हो ।

त्यस्तै उनलाई छुरा प्रहार  गर्ने युवक कैलाली  जिल्ला स्थायी ठेगाना भएका  अन्दाजी २० वर्षका  अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ ७ बजे उनको मृत्यु भएको हो ।

उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।   छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको  लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । 

छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा  उनी घाइते भएका हुन् ।  घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ । 

चार दिनअघि  केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।  यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै