मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

कञ्चनमा ‘प्रथम पिपरीचापा महोत्सव’ सुरु, कला र संस्कृतिको जगेर्ना गर्ने लक्ष्य

जगीलाल थापा 30+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

कञ्चन । ‘कला संस्कृतिको जगेर्ना, युवाहरुमा एकता’ भन्ने मूल नाराका साथ रुपन्देहीको कञ्चन–५, पिपरीचापामा ‘प्रथम पिपरीचापा महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम’ सुरु भएको छ। गौतमबुद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा मंसिर २८ गते देखि सुरु भएको महोत्सवको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले उद्घाटन गर्नुभयो ।

महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले मेला–महोत्सवले स्थानीय कला, संस्कृति, पर्यटन र उत्पादनको प्रवर्द्धन गर्नु अन्तिम शर्त हुनुपर्ने बताउनुभयो। उहाँले मेलाको नाममा अभद्र र अवाञ्छित गतिविधि भएमा बन्द गराउन बाध्य हुने चेतावनी दिँदै स्थानीय उत्पादनलाई स्टलमा राख्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं. ५ का वडा सदस्य रुमबहादुर पुनले मेला–महोत्सवका नारा आकर्षक हुने गरे पनि सोही अनुरुप काम भइरहेको छ कि छैन भनेर सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै, आयोजक संस्थाका अध्यक्ष कमल परियारले पहिलो प्रयास भएकाले सबै पक्षबाट सहयोग र सुझावको अपेक्षा गरिएको बताउनुभयो।

राष्ट्रिय कलाकारहरूको जमघट

पुस १४ गतेसम्म पिपरीचापा खेलमैदानमा चल्ने यस महोत्सवमा खेम सेञ्चुरी, अर्जुन सापकोटा, ज्योति मगर, प्रकाश सपुत, प्रकाश दुतराज, अस्मिता डल्लाकोटी, बद्री पंगेनी, पशुपति शर्मा लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । महोत्सव व्यवस्थापनको जिम्मा सुपा देउराली माई कम्पनीले लिएको छ भने अवलोकनका लागि १०० रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको कम्पनीका सञ्चालक एम.बी. श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन दिनेश घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार