मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

भारतको टी–२० विश्वकप टोली घोषणा

Ujyalosandeshonline 12696+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । भारतले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । मंगलबार रोहित शर्माको कप्तानीमा भारतले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । 

सार्वजनिक टोलीमा हार्दिक पाण्ड्यालाई उपकप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा उदयमान खेलाडीहरु यशस्वी जैसवाल, शुभमन गिल र अक्षर पटेलले समेत स्थान पाएका छन् । 

बीसीसीआईले बेवास्ता गरेका भनिएका अनुभवी स्पिनर युजवेन्द्र चहलले अन्ततः टोलीमा स्थान पाएका छन् । विकेट किपरको स्थान ऋषभ पन्त र सञ्जु सैमसनले लिएका छन् भने केएल राहुललाई आउट गरिएको छ । 

तर, शुभमन गिल, रिंकु सिंह, आवेश खान र खलील अहमदलाई रिजर्भमा राखिएको छ । टोलीमा तेज बलर अर्शदीप सिंह र मोहम्मद सिराजलाई पनि राखिएको छ ।

यस्तो छ विश्वकप खेल्ने भारतीय टोली 

रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), सञ्जु सैमसन (विकेट किपर), शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद  सिराज । रिजर्व खेलाडी ः शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खान । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार