मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ’

Ujyalosandeshonline 11768+ समाचार ( )
३० माघ २०८१, बुधवार

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना भएको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्बोधन गर्दै उनले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन्।

‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरु अघि बढेका छन् । तर, केही योजनाहरु अपेक्षित रुपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’,उनले भने,‘ यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ।’ बुटवल–नारायणघाट सडकखण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले जनाए । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरु गण्डकी प्रदेशमा निर्यात हुने गरेको र थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उनको भनाई छ । साथै, गण्डकी प्रदेशका उत्पादनहरुलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवर्द्धन गर्न सकिनेमा पनि उनले जोड दिए।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुबै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले दुवै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि बैठक महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरुपता ल्याउने बारेमा समेत धारणा राख्दै उनले संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरु प्रदेशलाई हस्तान्तरणकालागि पनि प्रदेशहरुको बीचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाई छ । आवश्यक कानुनहरुको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार