मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ’

Ujyalosandeshonline 12612+ समाचार ( )
३० माघ २०८१, बुधवार

पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना भएको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्बोधन गर्दै उनले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन्।

‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरु अघि बढेका छन् । तर, केही योजनाहरु अपेक्षित रुपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’,उनले भने,‘ यी समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ।’ बुटवल–नारायणघाट सडकखण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु छिटो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले जनाए । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरु गण्डकी प्रदेशमा निर्यात हुने गरेको र थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उनको भनाई छ । साथै, गण्डकी प्रदेशका उत्पादनहरुलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवर्द्धन गर्न सकिनेमा पनि उनले जोड दिए।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुबै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले दुवै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि बैठक महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरुपता ल्याउने बारेमा समेत धारणा राख्दै उनले संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरु प्रदेशलाई हस्तान्तरणकालागि पनि प्रदेशहरुको बीचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाई छ । आवश्यक कानुनहरुको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार