मुख्य समाचार
जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली | कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने | रसुवाका बाढीपीडितका लागि अर्घाखाँची सिमेन्टद्वारा एक करोड ११ लाख सहयोग | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ |

पाल्पाको रम्भामा प्रहरीको सेवा प्रवाह सम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12193+ समाचार ( )
७ जेठ २०८३, बिहीबार

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा र सुरक्षा व्यवस्थाका सम्बन्धमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । रम्भा गाउँपालिका वडा नं. ३ अगाहाखोलास्थित गाउँपालिका कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय नागरिकहरूले आफ्ना गुनासा, सुझाव र सरोकारका विषयहरू सुरक्षा निकाय र स्थानीय प्रशासनसामु प्रत्यक्ष रूपमा राखेका छन्।

नागरिक सुनुवाइ कार्यक्रममा जिल्लाको प्रशासनिक तथा स्थानीय तहको उच्च नेतृत्वको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवर, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी र उपाध्यक्ष राधा कुमारी श्रेष्ठको उपस्थिति थियो । त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, विभिन्न वडाका वडा अध्यक्षहरू, वडा सदस्य तथा कार्यपालिका सदस्यहरूको समेत सहभागिता रहेको थियो।

गाउँपालिकाका कर्मचारी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरीको सेवा प्रवाहलाई अझ बढी पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने विषयमा गहन छलफल भएको थियो।कार्यक्रममा सर्वसाधारणका तर्फबाट उठाइएका सुरक्षा सम्बन्धी जिज्ञासा, गुनासो र समसामयिक सवालहरूको सम्बोधन जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुले गर्नुभएको थियो। उहाँले नागरिकका सवालहरूको स्पष्ट जवाफ दिँदै प्रहरीले जनताको जिउधनको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो।

समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि आम नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको चर्चा गर्दै प्र.उ. थारुले आगामी दिनमा सेवा प्रवाहलाई थप चुस्त र प्रविधिमैत्री बनाइने आश्वासन समेत दिनुभयो। स्थानीय तह, प्रशासन र नागरिकबीचको दुरी कम गर्न र जनस्तरमा प्रहरी प्रशासनप्रतिको विश्वास बढाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार