मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाबयात्रा आजदेखि

Ujyalosandeshonline 12611+ समाचार ( )
९ पौष २०८०, सोमबार

काठमाडौँ । नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ ।

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन् ।

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी छ ।

सभापति लामिछानेले भनेका छन्, ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो । यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ ।’

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन् ।

 ‘सबैका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो । तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसकालागि समय छुट्याउन असमर्थ भएको छु,’ लामिछानले भनेका छन्, ‘यात्राको बीच–बीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु ।’

उनले यो यात्राका माध्यमबाट सांकेतिकरुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन् ।

‘हाम्रो यात्राका कारण सवारी आवत् जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ । दबाब यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार