मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग

Ujyalosandeshonline 11437+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ।  

नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार एकता महाभियानले गरेको थियो ।

सम्मेलनमा विश्व ॐकार एकता महाभियानका संयोजक डा.चिन्तामणि नाथ योगीले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागलाई विशेष प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सम्मेलनले ध्वनि मतले पारित गरेको थियो ।

नेपालमा राजसंस्थाको पुनर्स्थापनाको बारेमा भने सम्मेलन मौन रहेको थियो। चाबहिलमा पुस ५ र ६ गते चलेको  सम्मेलनले सरकारसमक्ष नेपालमा भएका मठ, मन्दिर, गुठी, गुम्बालगायतका धार्मिक धरोहरहरु सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा मात्र सञ्चालन गर्नुपर्ने,  ती क्षेत्रमा सनातन धर्म इतरका व्यक्ति र राजनीतिक नियुक्ति बन्द गर्नुपर्ने लगायतका १३ बुँदे मागहरु समेत राखेको छ ।

एकादशी र औंसी जस्ता मुख्य तिथिपर्वहरुमा देशभित्र सबै किसिमका हिंसा बन्द गर्ने र मास–मदिरा पसल बन्द हुनुपर्ने, ॐकार परिवारको धार्मिक आस्थाका केन्द्रहरु आश्रम, मठमन्दिर, लगायतका सबै क्षेत्रलाई करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय कृषि प्रणाली र गौवंश संरक्षणका लागि सामुदायिक वनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनुपर्ने माग पनि सम्मेलनले राखेको छ ।

यसैगरी सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने, सवारी साधन अनुमतिपत्र (लाइसेन्स), बैंकमा पैसा राख्दा दिने अभिलेख लगायत विदेशी भाषा र संवत्मा दिने कार्य गरिएकाले राष्ट्र बैंकबाटै सुधार गर्नुपर्ने, सरकारी कर्मचारी र सरकारको संरक्षणमा सन्चालित मठमन्दिर र कोष आदिमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनिधिले सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा अनिवार्य लगाउनुपर्ने माग सम्मेलनले राखेको छ ।

सम्मेलनले नेपाल सरकार लगायत सम्बन्धित समुदायले सन्चालन गरेको मठमन्दिर, आश्रम, गुठी र गुम्बाको आम्दानी पाठशाला, गौशाला, यज्ञशाला, औषधालय, भोजनालय, पुस्तकालय जस्ता विषयमा मात्र खर्च गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

साथै सम्मेलनले अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’को रुपमा मनाउने निर्णय गरेको छ । सोही दिन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो।   नेपाल धर्मसापेक्ष नभएसम्म असोज ३ गतेको दिन अन्न ग्रहण नगर्ने र व्रत आन्दोलनको रुपमा मनाउने निर्णय भएको बतायोजकहरुले जनाए ।

नेपाल  हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको अल्पकालीन र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक रकमका लागि सकेसम्म ठूलो अक्षयकोष स्थापना गर्ने, धार्मिक विवादहरुमा अन्तिम निर्णय दिन धर्माचार्यहरुको सहभागितामा धर्मसभा गठन गर्ने, ॐकार परिवारहरुको साझा आस्थाको केन्द्र विश्व सनातन हिन्दु महासभा गठन गर्ने लगायतका ९ बुँदे निर्णय सम्मेलनले गरेको छ । सम्मेलनमा देशभरका २०० बढी ॐकार धार्मिक संघसंस्थाका गुरु तथा अगुवाहरु सहभागी थिए ।

सम्मेलनमा गलेश्वर पीठका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश डा। रमणानन्द गिरी, केदारेश्वर पीठका पीठाधीश डा। स्वामी चितघन चैतन्य, ब्यासाचार्य किशोर कुमार गौतम, पुष्पराज पुरुष, प्राचार्य भोलानाथ योगी  लगायत सहभागी थिए ।

कार्यक्रममा डा.चिन्तामणि नाथ योगी, मोहन लामा रुम्बा, आदि ज्ञान केन्द्रका सूर्य माखिम र डा.बासुदेवकृष्ण शास्त्रीले कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार