मुख्य समाचार
हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल |

लुम्बिनी शिक्षा निकेतनलाई शेरबहादुर सेन्चुरी स्मृति क्रिकेटको उपाधि

Ujyalosandeshonline 11505+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

भैरहवा । १० औं संस्करणको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तर विद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी शिक्षा निकेतन, लुम्बिनीले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनल खेलमा शान्ति नमूना माध्यमिक विद्यालय, मणिग्रामलाई २८ रनले पराजित गर्दै लुम्बिनी शिक्षा निकेतनले उपाधि चुम्न सफल भएको हो । जितसँगै लुम्बिनीले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्याे । उपविजेतामा चित्त बुझाएको शान्ति नमूनाले २५ हजार रुपैयाँ र ट्रफी पायो ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा ४ विकेटको नोक्सानीमा १ सय २९ रनको योगफल बनायो । उसका लागि एजाजुल हक र अब्दुल हबिबले नटआउट  क्रमशः ४० र २५ रनको योगदान दिए । यस्तै, बिन्दराम गडेरियाले २४ र सन्दीप लोधले २२ रन जोडे । बलिङमा शान्ति नमूनाका आशुतोष पाण्डेले २ र रुविन पराजुलीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको शान्ति नमूना ८ विकेटको क्षतिमा १ सय १ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि आशुतोष पाण्डेले २४, नवीन भण्डारीले १७, समीर नेपालले १५ र सन्देश भण्डारीले १४ रन जोडे पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब र अप्सर खानले समान २–२ तथा सरबरे आलम र सन्दीप लोधले १–१ विकेट लिए । लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिब म्यान अफ द फाइनल भइ एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा शान्ति नमूनाका आशुतोष पाण्डे म्यान अफ द सिरिज तथा बेष्ट बलर घोषित भए । उनले नगद १० हजार र ५ हजार रुपैयाँ पाए । यस्तै, लुम्बिनी शिक्षा निकेतनका एजाजुल हक बेष्ट ब्याट्सम्यान घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे । काशी नोबल एकेडेमी अनुसाशित टिम घोषित भयो ।

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि रुपन्देही क्रिकेट संघले प्रतियोगिता संचालन गर्दै आएको छ । प्रतियोगितालाई आफ्ना हजुरवुवा स्वर्गीय शेरबहादुर सेन्चुरीको स्मृतिमा भैरहवाको पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले निरन्तर मुख्य प्रायोजन गर्दै आएका छन् ।

विजेता र उपविजेता टिमलाई लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता, प्रतियोगिता आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, प्रतियोगिताका मुख्य प्रायोजक बिमल सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय कार्यबाहक सचिब प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, नेपाल भन्सार एजेन्ट संघका पूर्व केन्द्रीय अध्यक्ष डा.शान्तकुमार शर्मा, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार