मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

वडाध्यक्षको कार्यकक्षबाटै सबै सेवा प्रदायकको निगरानी

Ujyalosandeshonline 12320+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

रामेछाप । मन्थली नगरपालिका २ नं वडाकार्यालयले प्रविधिको प्रयोग गर्दै एकै ठाउँबाट वडाका सबै सेवा प्रदायकको निगरानी गर्न सुरु गरेको छ । सो वडाका सेवा प्रदायक सबै कार्यालयको वडाकार्यालयबाट नै निगरानी गर्न मिल्ने बनाइएको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको कार्यकक्षमा राखिएको मनिटरबाट वडाका सेवा प्रदायक कार्यालयहरूको निगरानी गर्न सकिन्छ । 

वडा सचिव राजेन्द्र श्रेष्ठका अनुसार वडाका ४ वटा विद्यालय, स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, सार्वजनिक स्थल र वडा कार्यालयका सबै गतिविधिको सो मनिटरबाट निगरानी राख्न मिल्छ । ‘वडाका ८ वटापोइन्टमा सिसी क्यामरा जडान गरिएको छ, वडाध्यक्षको कार्यकक्षमा बसेर सबै निगरानी राख्न मिल्छ’, श्रेष्ठले भने । 

वडाध्यक्ष सुरेन्द्र कार्कीले सो वडामामुख्य सडकबाट विभिन्न बस्तीमा जाने नक्सा सार्वजनिक स्थलमा राख्नुका साथै सेवा प्रदायक निकाय र सुब्बा कृष्णलाल पार्क लगायत वडाका सार्वजनिक स्थलको निगरानी गर्ने संयन्त्र विकास गरिएको जानकारी दिए । ‘प्रविधिको प्रयोग गरेका छौँ, विद्यालय, स्वास्थ्य संस्थावा सार्वजनिक स्थलमा के गतिविधि भइरहेको छ भन्ने कुरा यहीँबाट हेर्न मिल्छ, यसले कोठा भित्रै बसेर दैनिक अनुगमनको काम हुने गरेको छ, सेवा प्रवाहलाई प्रभावकारी बनाउन यसले सहयोग गर्छ भन्ने विश्वास लिएका छौँ’,कार्कीले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार