मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

दान बहादुर बुढा 45+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

मुगु । मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्खगाँउपालिका–८ माग्री गाँउमा कुटानी–पिसानी विद्युतीय मिल स्थापना भएपछि स्थानीयबासीलाई सहज भएको छ। परापूर्व कालदेखि गाँउबाट दुईतीन घण्टा टाढा रहेको छायाल गाँउमा र चिमाथका रहेको पानीघट्टमा गहुँ, जौं कोदो, मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए ।

त्यस्तैकुटानीका लागि गाँउमा रहेका ओखलको प्रयोग गरेर जीवन निर्वाह गर्दै आइरहेका थिए । तर हिजोआज अनुदानमा विद्युतीय मिल गाँउमा सन्चालनमा ल्याएदेखि उनीहरु खुशी भएका हुन् । हिउँद–बर्खा लामो र जोखिमयुक्त बाटो प्रयोग गरेर वा ज्यान जोखिममा राखेर पिसानीका जानुपर्ने बाध्यता हटेकोमुगमकामारोङ्ख गाँपालिका–८ माग्री गाँउकी छिरिङ्खछोमू लामाले बताइन् । 

पालिकामा रहेका १२ जनजाति बस्ती तीनवटा हिन्दु धर्मावलम्बी बस्तीका सबै नागरिकहरु  आकासे पानीको भरमा खेती गर्नुपर्ने र भात भन्दा रोटी, ढिडो, थुप्का जस्ता खानेकुरा बढी प्रयोग गर्नुपर्ने भएकाले पानीघट्ट, ओखल र जाँतोमा निर्भर छन् । तर हिजोआज करानी सामुदायक बिकास केन्द्रको सहयोगमा गाँउमै विद्युतीय मिल संचालनमा गाउँलेलाई सहज भएको माग्रीगाँउका ठिल्य लामाले बताइन् ।

करानी सामूदायिकबिकास केन्द्र, मुगु एकिकृत परियोना (एमआइपी)को आर्थिक तथा प्राविधिक सहयोगमा एक लाख ४०हजार रुपैंयाँमा कुटानी पिसानीविद्युतीय मिल सन्चालनमा आएको हो  । यसबाट पाँच समूहका एकसय ८ सदस्य र माग्री गाँउका १ सय ७१ घर परिवारले यो यस्ता मिलबाट सेवा लिएको करानी सामूदायिक सस्थाका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए । 

कार्यक्रम संयोजक बुढाका अनुसार मुगमकामारोङ्खगाँउपालिका १ देखि ९ वडाका बस्तीमा विद्यालय शिक्षा क्षेत्रको बिकास गर्नका लागि कार्पेट,कुशन,बुक कनर,सुज र्याक, खानेपानी, शौचालय, घेरावार,शिक्षकहरुलाई क्षमता बिकास सम्बन्धि तालिम,गाँउ घरमा स्थानीयबासीका लागि आय आर्जनका तालीम र जनचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा समेत काम गर्दै आएको समेत बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार