मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ माघ २०८२, आइतबार

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय र सानोठिमीस्थित बाल सुधार गृहको आज अवलोकन गर्नु भएको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन यहाँ आउनुभएका उहाँले भक्तपुरको दरबारस्क्वायरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र मध्यपुरथिमि सिन्टीटारस्थित कृषि विकास बैङ्क तालिम केन्द्रमा सञ्चालन गरिएको भक्तपर क्षेत्र नं २ को निर्वाचन कार्यालयको निरीक्षण गर्नु भएको हो । 

मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले हालै सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धिसम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिलगायत सबैसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिनुभयो । 

मुख्य निर्वाचन अधिकृतसँगको छलफलमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको भन्दै आवश्यक समन्वय र सहजीकरणको लागि गृह मन्त्रालय तयार रहेको बताउनुभयो । मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी,  जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतले यहाँको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे जानकारी गराउनुभएको थियो । गृह सचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुखलगायत उच्च अधिकारीसहितको टोली यहाँ आएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार