मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कादुरीले बनाइदियो डडुवाको दुर्गम थामी बस्तीमा ‘एक घर, एक धारो’

Ujyalosandeshonline 12552+ समाचार ( )
१३ माघ २०८१, आइतबार

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम थामी बस्तीमा ‘एक घर, एक धारो’ पुगेको छ । हङकङ्गको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराको सहयोगमा डडुवामा एक घर एक धारा निर्माण गरिएको हो ।

थामी समुदायको बाहुल्यता रहेको डडुवाको चारवटा वस्तीहरू मझुवा, पाखाटोल, दलेचौर र सल्लेटारका थामी, तामाङ, मगर र क्षेत्री समुदायको बस्तीमा कूल एकसय ८२ वटा धारा वितरण गरिएको वडा सदस्य मङ्गले थामीले जानकारी दिए । ‘कूल १ सय ९७ वटा घर र २ वटा विद्यालयलाई गरी ९९ वटा धारा स्टमेट गरिएकोमा केही घरले धारा जोड्न मानेनन्, बाँकी १ सय ८२ घरमा धारा जोडेर पानी सञ्चालन भएको छ’, थामीले भने । 

कुल एक करोड ८२ लाखको लागतमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको आइतबार  उदघाटन गरिएको छ । आयोजना निर्माणको लागि संस्थाले कूल १ करोड ६१ लाख ९९ हजार रुपैँया उपलब्ध गराएको थियो । स्थानीयले २१ लाख ३९ हजार रुपैँया बराबरको श्रमदान गरेका थिए । 

कादुरी च्यारिटेवल फाउण्डेशन हङ्कङका डाइरेक्टर पिटर पाउल डी ग्रुटेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका डाइरेक्टर कर्नेल एन्द्रियु मिल्ज, कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङ, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडाध्यक्ष प्रेम लामालगायत स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय संस्कृति समेत प्रदर्शन गरिएको थियो । 

आयोजना अन्तर्गत एउटा इन्टेक, एउटा फिल्टर टङ्की, तीनवटा डिस्टिब्युसन च्याम्बर तथा सातवटा रिजर्भ टैङ्की बनेका छन् । आयोजना निर्माणको लागि १४ हजार ४ सय ५१ मिटर पाइप खर्च भएको छ । सबै खानेपानीको धारामा मिटर जडान गरिएको छ । गत कात्तिक २६ गतेबाट सुरु गरिएको योजनाको काम माघ ८ गते सम्पन्न भएको हो । 

खानेपानी योजना बनेपछि स्थानीयले स्वच्छ पिउने पानी पाएका भन्दै कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङले खुसी व्यक्त गरे । उनले योजनको दिगोपनमा स्थानीयको महत्पूर्ण भूमिका हुने बताउँदै योजनाको उचित संरक्षणको काममा लाग्न आग्रह गरे । 

वडाध्यक्ष प्रेम लामाले खानेपानी योजना निर्माण गरेर कादुरीले धार्मिक कार्यका साथै सीमान्तकृत समुदायको बस्तीमा ठुलो गुन लगाएको बताए । उनले डडुवाको थामी समुदायको बाहुल्यता रहेको अन्य बस्तीमा पनि पिउने पानीको समस्या भएकोले आवश्यक सहयोग गरिदिन कादुरीलाई अनुरोध गरे । त्यस्तै यस वर्षको बाढी पहिरोले बगाएको गाउँको पुल निर्माणको पनि उनले संस्थालाई प्रस्ताव गरे । 

गएको भदौ महिनामा परेको भीषण वर्षाको कारण डडुवाको थामी बस्तीमा ठुलो क्षति पु¥याएको थियो । पहिरोले सडक, खानेपानी लगायतका योजनामा क्षति पु¥याउनुका साथै बस्ती नै बस्न नहुने गरी क्षतविक्षत भएको थियो । स्थानीयहरू लामो समयसम्म घर छाडेर त्रिपालमुनि बसेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार