मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

विशेष अदालतले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता

Ujyalosandeshonline 12552+ समाचार ( )
२५ असार २०८२, बुधवार

काठमाडौं । विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ । बुधबार विशेष अदालतमा आयोजित एक कार्यक्रमकाबीच विशेष अदालत प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरी प्राप्त भएको गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह एनएस÷आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र सार्वजनिक गरिएको हो । 

प्रमाणपत्र सार्वजनिकरण कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासकै सफलता रहेको बताए। 

आइएसओ प्रमाणपत्र प्राप्तले अदालतलाई थप जिम्मेवार र सजक बनाउने बताउँदै उनले अब अदालतलाई यस अवस्थाबाट खस्किने छुट नहुने धारणा राखे । उनले भने,‘अन्तर्राष्ट्रिय चिन्ह एनएस,आइएसओ ९००१ः२०१५ र यो प्रमाणपत्र प्राप्त गर्नु नेपालको न्यायीक ईतिहासमा न्यायालयको तर्फबाट यो एउटा सफलता प्राप्त गरेको ठानेका छौं । यो प्रमाणपत्र प्राप्त गर्दै गर्दा यसले हामीलाई झन् सजक बनाउछ । किनकी यो ठाउँमा आइसेकपछि अब आउने दिनमा  हामीलाई यहाँबाट खस्किने छुट नहोला ।’ 

त्यस्तै उनले आइएसओ प्रमाणिकरण भएपछि हरेक वर्ष अडिटको सामना गर्नुपर्ने भएको कारण जोखिमपूर्ण रहेको बताए । ‘यो अलिकति जोखिमपूर्ण पनि छ । हरेक वर्ष अडिट हुन्छ र त्यो अडिटले जुन मापदण्ड निर्धारण गर्छ त्यही अनुसार हाम्रो गुणस्तर रहन्छ । अहिलेलाई हामीले तीन वर्षको प्रमाणपत्र लिएका छौं ।’उनले भने अध्यक्ष कुँवरको अनुसार कानूनमा मुद्दाको कारवाही र किनारा गर्ने अवधि तोकिए पनि तोकिएको अवधिभित्र मुद्दा फैसला हुन सकेका थिएनन् ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ बमोजिम ६ महिनाभित्र मुद्दाको कारवाही र किनारा गर्ने कानुनी व्यवस्था छ। उक्त व्यवस्थाको पूर्ण परिपालना गर्दै मुद्दा दर्ता भएको ६ महिनाभित्र फैसला गर्न अदालत सफल भएको उनले जानकारी गराए । 

विशेष अदालतको इतिहासमै पहिलो पटक गत आर्थिक वर्षमा ८८ प्रतिशत अर्थात ५ सय ७५ थान मुद्दामध्ये ५सय ६ थान मुद्दा छिनेर रेकर्ड कायम गर्न सफल भएको र जसमध्य १सय ९९ थान मुद्दा २ वर्ष नाघि ६ वर्षसम्मका रहेको उनको दाबी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै