मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रुपन्देहीका नयाँ प्रजिअ पोखरेलको प्राथमिकता: सुशासन र सेवा प्रवाह

Ujyalosandeshonline 12321+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधवप्रसाद पोखरेलले रुपन्देहीमा सुशासन र जनमुखी सेवा प्रवाहलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् । सोमबार रुपन्देहीको प्रशासनिक बागडोर सम्हालेका प्रजिअ पोखरेलले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँगको भेटघाटमा उक्त कुरा बताएका हुन् ।

पोखरेलले आफूलाई माला र खादा लगाएर गरिने भड्किलो स्वागत मन नपर्ने स्पष्ट पारे। उनले सीमाभित्र रहेर गरिने स्वागतलाई मात्र आफूले स्वीकार गर्ने बताए। सुशासन र सेवा प्रवाहका सम्बन्धमा प्राप्त हुने उजुरी तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गरी क्रमिक रूपमा कार्यान्वयन गर्ने उनको भनाइ थियो। उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै अवैध गतिविधि नियन्त्रणका लागि पत्रकार तथा सरोकारवाला संघसंस्थाहरूसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रजिअ पोखरेलले प्रशासनको नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउने र रुपन्देहीका जनताले सेवा प्रवाह तथा सुशासनमा कस्तो सुधारको अपेक्षा राखेका छन् भन्नेबारे बुझ्ने कार्य भइरहेको जानकारी दिए। उनले दण्डहीनताको अन्त्य र कानुनको पूर्ण कार्यान्वयनका लागि आफू कटिबद्ध रहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार