मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

राहतका लागि एक अर्ब विनियोजन, बीपी बाहेक सबै राजमार्ग सुचारु

Ujyalosandeshonline 12321+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरुलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली काङ्ग्रेसले सांसदहरुको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए । 

उनले भने, ‘राहतको लागि फन्डको आह्वान गरेका छौं । सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ । अरु दाताहरुबाट पनि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरुको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ साथै सांसदहरुको पनि नेकपा एमाले र नेपाली काङ्ग्रेसले निर्णय नै गरेको छ । १५ दिनको तलब दिने भनेको छ । यसमा अन्य पार्टीको पनि सहयोग होला । यसरी फन्ड जम्मा गर्ने काममा पनि लागि रहेकाछांै ।’ 

यस्तै, उनले वीपि राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरु पनि सम्पन्न भएको बताए । उनले भने, ‘उद्धारको काम लगभग सकाएका छौ । तर वीपि राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन् । ती गाडीहरुलाई उद्धार गर्ने पहिलो काम रहेको छ । यो काम सकेपछि उद्धारका कामसक्छौ । त्यसपछि मृतकहरुका परिवारलाई दिने क्षतिपूर्तीको कुरामा पनि सरकारले निर्णय गरिसकेको छ । यसपछि राहत र पुनस्थापनाको कुरा छ । पुनस्थापनाको सन्दर्भमा मन्त्रिपरिषद्को बैठक बस्दैछ ।’

यसको साथै, उनले अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए । उनले भने, ‘अर्को भनेको पुनःनिर्माणको कुरा छ । यसको सन्दर्भमा प्रारम्भिक अनुमान पनि गरेका छौ । करिब २० देखि २५ अर्ब पैसा पुननिर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा बीपी राजमार्गमा लाग्छ । अहिले बाटो खोल्नको लागि मात्र काम गरिरहेका छौ । अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छौ ।’ 

यातायातको विषयमा पनि चाडपर्व केन्द्रीत बाटोलाई निर्माण गर्ने बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाई छ । बैठकमा असोज ११ र १२ गतेको अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर, सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर र सोही कारण कुलेखाने जलविद्युत आयोजनाको ड्यामबाट परेका असरबारे छलफल भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार