मुख्य समाचार
शेरामा सडक स्तरोन्नति गरिँदै | आजको मौसमः लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना | हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने | एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने | राजविराज सडकको दुरावस्था | माछापुच्छ्रे सम्वाद : पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न | रुपन्देहीको बाल सुधारगृहमा अनुगमन | अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र जारी हुने | तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर |

गण्डकी प्रदेश सरकारको निर्णय : ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज

Ujyalosandeshonline 11191+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

पोखरा । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको छ । प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव प्रतिवेदन सार्वजनिकपछि उक्त निर्णय भएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार ३२ कार्यालय मर्ज गरेर १८५ कर्मचारी दरबन्दी कटौतीको निर्णय भएको छ । उनका अनुसार ३२ कार्यालय गाभेर १७ वटामा झारिएको छ । प्रदेशको प्रशासनिक संरचनामा  हेरफेर गर्दै सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ निर्देशनालयसहित ९ कार्यालय पूर्णतः खारेज गर्ने निर्णय गरेको उनले जानकारी दिएका हुन् ।

उनले भने,‘ यदी यो संरचनालाई घटाएर हामी त्यो काम सम्पन्न गर्न सक्छौ भने त्यो आवश्यक नभएको अन्य संरचनाहरु जुन छ, त्यसलाई हायसमीले पुनरावलकन गरौ भनेर हामीले सुरुवात गरेको हो । यसको मुल उद्देश्य भनेको हाम्रो प्रशासनिक खर्चलाई कटौती गर्ने नै उद्देश्य हो ।’ 

उनले संरचना खारेजी गर्दा वा गाभ्दा पर्ने असरबारे पनि अध्ययन गरिएको भन्दै उनले स्थायी कर्मचारीहरुको जागिरमा कुनै असर नपर्ने समेत बताए । 

‘हामीले पदहरु, निकायहरु, संरचनाहरु खारेज गरिरहदा जो स्थायी कर्मचारीहरु हुनुन्छ उहाँहरुको जागिर र बृतिविकासमा खासै असर नपर्ने गरेर कसरी गर्ने भनेर ध्यान दिएका छौ । हाम्रो यो निर्णयबाट हाम्रा स्थायी कर्मचारीहरुको जागिरमा कुनै असर पर्दैन,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार