मुख्य समाचार
रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा |

पहिरो पन्छाए पछि कर्णाली राजमार्ग सुचारु

Ujyalosandeshonline 12439+ समाचार ( )
१ अशोज २०८२, बुधवार

सुर्खेत । कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ । कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाए पछि अवरुद्ध भएको १० घण्टा पछि राजमार्ग सुचारु भएको हो । मंगलबार राती परेको अविरल बर्षाले गगने खोला पारीपट्टीको डाँडा पूरै खसे पछि राजमार्ग अवरुद्ध भएको थियो । 

पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग सुचारु भएको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए । ‘बर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो’ उनले भने, ‘रामार्ग खुले पछि रोकिएका सवारीहरु गन्तव्यतिर लागेका छन् ।’ 

असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए । राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरु गन्तव्यमा लागेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार