मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कञ्चनमा सञ्चालित दुईदिने चित्रकला कार्यशाला सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
२ असार २०८२, सोमबार

कञ्चन । रुपन्देहीको कञ्चनमा २ दिनुसम्म सञ्चालन भएको चित्रकला कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा २० जना कलाकारहरुले कञ्चनको ऐतिहासिक, धार्मिक तथा सांस्कृति सम्पदाहरुको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यका साथ विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको क्यानभासमा चित्र कोरेका थिए।

कार्यशालाको समापन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कलाकारहरुले कोरेको सृजनात्मक कलाहरुको भावना र मर्म सामान्य व्यक्तीहरुले गर्न नसकिने र कलाको सम्मान कला बुझेकै व्यक्ती तथा कलाकारहरुबाट हुने बताउनु भयो। कञ्चनमा यो कार्यशालाको अन्त्य नभई शुरुवात भएको र आगामी बर्षहरुमा पनि व्यवस्थित रुपमा चित्रकला कार्यशाला सञ्चालन गर्ने र यस पटक क्यानभासमा गर्न नसकिएका चित्रणहरुलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको पर्यटनलाई प्रबर्द्धन गर्ने उद्धेश्यलाई पुरा गर्न पालिका तहबाट सञ्चालन गरिने विभिन्न कार्यक्रमहरुको शिलशिला मध्ये चित्रकला कार्यशाला पनि एक भएको बताउनु भयो। पालिकामा आउने सेवाग्राहीले कञ्चनको पर्यटकीय क्षेत्रहरुको बारेमा जान्न पाउने गरी कलाकारहरुले कोरेका विभिन्न कलाहरुलाई पालिकामा राखेर पर्यटन प्रबर्द्धनमा नयाँ आयाम बनाउने उपाध्यक्ष थापा मगरले बताउनु भयो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत माधवराज पाख्रेलले आफु तिलोत्तमा रहँदा कञ्चन र कञ्चनमा रहेका पर्यटकीय क्षेत्र, एिितहासिक, धार्मिक तथा सांस्कृति सम्पदाहरुको बारेमा सुन्ने र जान्ने अवसर पाएको भन्दै ती सम्पदाहरुको संरक्षण र पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने गरी चित्रकला कार्यशाला सञ्चालन गरिएको बताउनु भयो।

कार्यक्रममा व्यवसायिक कलाकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष एच.बि. रम्तेलले रुपन्देही लगायत लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरुले आफ्नो ठाउँमा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक स्थल र सम्पदाहरुको प्रबर्द्धनका लागि चित्रकला, प्रस्तर तथा काष्ठकला कार्यशालाहरु सञ्चालन गर्ने योजनाहरुलाई समेत प्राथमिकता दिदै आइरहेको स्मरण गराउनु भयो। कञ्चनले पनि कञ्चनलाई कला र पर्यटनको दृष्टिले फरक पहिचान बनाई आकर्षणको केन्द्र बनाउन सांस्कृतिक कलाघरको निर्माण गर्नुपर्ने सुझाव समेत दिनुभयो।

कार्यशालामा एच.बी. रम्तेल, बेनप्रसाद थापा, राजकुमार लिगल, दिलिप रसाइली, राम अवतार, चन्द्र बहादुर खड्का (राजु), डोल बहादुर आले, सुमित्रा राना सुतपराई, जेव बहादुर सार्की (अजय), प्रितम आले, मन गोल्डी, नर बहादुर बि.क., बिष्णु प्रसाद सुवेदी, गंगाधर आचार्य, खेम घिमिरे, गोविन्द चौधरी, घनश्याम थापा, हरि बयम्बु, बाल कलाकार सनिहा चौधरी सहभागी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार