मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विद्युत प्राधिकरणको नयाँमिल-मणिग्राममा काउन्टरबाट महसुल संकलन बन्द हुने

Ujyalosandeshonline 12614+ समाचार ( )
फाइल फोटो
१३ श्रावण २०८२, सोमबार

भैरहवा । भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको रुपन्देहीस्थित नयाँमिल वितरण केन्द्र, मणिग्रामले आगामी भदौ २ गतेदेखि महसुल संकलन काउन्टर सेवा बन्द गर्ने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने सरकारी नीति र ८१ प्रतिशत ग्राहकले अनलाइन माध्यमबाटै महसुल बुझाउन थालेपछि काउन्टर बन्द गर्न लागिएको केन्द्र प्रमुख रितेश गुप्ताले जानकारी दिएका छन् ।

यो निर्णयसँगै नयाँमिल वितरण केन्द्र डिजिटल भुक्तानी मात्र स्वीकार गर्ने प्राधिकरणको पहिलो कार्यालय बन्नेछ । विशेषगरी तिलोत्तमा नगरपालिकाका बासिन्दाले यस केन्द्रबाट सेवा लिँदै आएका छन् ।कार्यालयले अनलाइन भुक्तानीमा अभ्यस्त नभएका सेवाग्राहीका लागि डिजिटल वालेट कम्पनी तथा बैंकहरुसँगको सहकार्यमा 'हेल्प डेस्क' स्थापना गरी सहजीकरण गर्ने बताएको छ । गुप्ताका अनुसार, सेवाग्राहीहरुले बिहान ८ बजेदेखि राति १२ बजेसम्म कुनै पनि दिन अनलाइनमार्फत महसुल भुक्तानी गर्न सक्नेछन् । यो कदमले सेवाग्राहीको समय र अतिरिक्त खर्च बचत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार