मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दैछ : झलनाथ खनाल

Ujyalosandeshonline 12342+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्रको हित गर्न नसक्ने बताए । 

उनले भने,‘कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी तीन लाख ५० हजार सदस्यहरु रहेछन् । तीनिहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुुरुवात हुने बताए । नेकपा एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति देशमा नै रहेको उनको दाबी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार