मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन् । मंगलबार ३१ औं कार्गो डे को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको बजार सबैको बजार बन्ने तर नेपालको बजार बन्ने कुरामा समस्या आउने भन्दै नेपाल डम्पिङ साइट नभएको बताए । 

उनले भने, ‘हाम्रो बजार सबैको बजार बन्ने नेपालको बजार बन्ने कुरामा समस्या हुन्छ भने यो कुरामा गम्भिर भएर सोच्नु पर्छ । हामी अरुको डम्पिङ साइट त होईन हामीले निर्वाध रुपमा वस्तुहरु आउन दिने तर, हाम्रो वस्तु बाहिर जाँदा प्रश्नहरु रहने, समस्याको रुपमा रहने हामीले हाम्रो वस्तु र प्रमाणिकरणको स्तर विस्तार गर्नुपर्छ ।

मन्त्रालयले यसलाई विशेष प्राथमिकतामा राखेको छ । नेपालमा आउने वस्तुमा मात्र सहजीकरण हुने हो र अरु देशका वस्तु मात्र हामीले खरिद गर्नुपर्ने तर हाम्रो सामान किन्ने कुरामा टाउको दुख्ने हो भने त सम्बन्ध यसरी अगाडि बढ्न सक्ला ।’ यस्तै, उनले आजको विश्व व्यापारमा नेपालको पहुँच पुग्न नसकेको भन्दै यस्तो चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्ने बताए । 

उनले भने, ‘नेपाल भूपरिवेस्ठित देश भएको कारणले र वस्तु आयात, निर्यातको सन्दर्भमा हाम्रो कानूनी प्रणालीको कारणले गर्दा वस्तुहरु अपेक्षाभन्दा बढि महंगो हुन जान्छ । यसलाई हाम्रो कुटनीतिक प्रयासबाट, हाम्रो अगाडि रहेका यी चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने छ । आजको विश्व व्यापारमा हाम्रो पहुँच पुग्न सकिरहेको छैन् । यसमा रहेको चुनौतीहरु समाधान गर्दै विश्व बजारमा पहुँच पु¥याउनु पर्छ । यसको लागि कानूनी प्रणालीमा सुधारको आवश्यकता छ । आजको चुनौतीहरु सम्बोधन गर्ने गरि नीतिगत प्रयासहरु हुनुपर्छ ।’

छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ । साथै, उनले सबै वस्तुहरुलाई कार्गो प्रणालीमा ल्याउने गरि क्याबिनेटले हिजो स्वीकृति दिएको भन्दै यो प्रस्तावलाई छिमेकी मुलुकले सकारात्मक तरिकाले लिएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार