मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा चार पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् । 

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुका साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ । पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ ।

उनी जिल्ला अदालत ललितपुरको आदेशले ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यस्तै वीरेन्द्रसंिह साउदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार