मुख्य समाचार
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश |

ब्लुबुक किर्ते गर्दै अर्काको गाडी बेचेको आरोपमा चार पक्राउ

Ujyalosandeshonline 12311+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौंको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धुम्बाराही बस्ने बैतडीको शिवनाथ–७ का ३८ वर्षीय वीरेन्द्र सिंह साउद, बुढानीलकण्ठ बस्ने चितवनका ३८ वर्षीय मनोजकुमार सुनार बराली, कोटेश्वर बस्ने रामेशछापको खिु तामाकोशी–५ का ३३ वर्षीय शान्तकुमार मगर र बुढानीलकण्ठ बस्ने डोटीका ३२ वर्षीय पवन सिंह छन् । 

एभरेष्ट बैंक धनी र गजेन्द्र लोहनी विश्वकर्मा ऋणी रहेको बा२०च ६४६७ नम्बरको मारुती ब्रेज्जा गाडी ब्लुबुक किर्ते गरेर खरिदबिक्री गरिरहेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुका साथबाट किर्ते गरेर तयार पारिएका दुइटा ब्लुबुक बरामद भएको छ । पक्राउ परेकामध्ये मनोजकुमार सुनार विगतमा गाडी किर्ते गरेर नम्बर परिवर्तन गरि चलाउँदा पक्राउ परेको खुलेको छ ।

उनी जिल्ला अदालत ललितपुरको आदेशले ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यस्तै वीरेन्द्रसंिह साउदले ५० हजार रुपैयाँको प्रलोभनमा परेर किर्ते ब्लुबुकमा फोटो टाँस्ने काम गरेको खुलेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार