मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापस्थित बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीयबासीले सुरु गरेको धर्ना तथा रिले अनसन तेस्रो दिन पनि जारी राखेका छन्। नेपाल सिमाना संघर्ष समितिको अगुवाइमा सुरु भएको आन्दोलनका क्रममा विक्रम संवत् २००७ देखि सञ्चालित नाका बन्द हुँदा सीमावर्ती बासिन्दाको आवतजावत, दैनिक उपभोग्य सामग्रीको कारोबार र जीविकोपार्जनमा गम्भीर असर परेको बताइएको छ।

धर्नास्थल पुगेका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकाय प्रमुखहरूले समस्या समाधान गर्नुको साटो दबाब र धम्कीपूर्ण शैली अपनाएको आन्दोलनकारीले आरोप लगाएका छन्।भन्सार नहुँदा राज्यले समेत राजस्व गुमाउनुका साथै अवैध कारोबार बढेकाले वैधानिक कारोबारको वातावरण मिलाउन आन्दोलनरत पक्षले माग गरेका छन्। आगामी सोमबारसम्म माग सम्बोधन नभए अनिश्चितकालीन आमरण अनसन बस्ने चेतावनी संघर्ष समितिले दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार