मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पहलगाम घटना :
भैरहवामा शोकसभा र दीप प्रज्वलन

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

भैरहवा । भारतको जम्मु कश्मीरमा भएको आतंककारी हमलामा मारिएका नेपालीसहित भारतीय र तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा र दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ भैरहवाको बुद्धचोकमा नेपाल–भारत मैत्री केन्द्र, रुपन्देही नागरिक समाज र नेपाल–भारत पूर्व सैनिक परिवार कल्याण संगठनको संयुक्त आयोजनामा शोकसभा र दीप प्रज्वलन गरिएको हो ।

शोकसभामा बोल्दै प्रतिनिधिसभा सदस्य एवं पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरे पनि कमै हुने बताए । उनले आतंकवादीले हिन्दूहरुलाई लक्षित गरी हत्या गरेको जनाउँदै धर्मका नाममा भएको उक्त हमला इतिहासकै कलंकित रहेको जनाए । ‘पाकिस्तानी आतंककारीले जुन किसिमले हमला गरेर नेपालीसहितका नागरिकहरुको हत्या गरेका छन्, त्यो भत्र्सना गर्न लायक समेत छैन’, उनले भने, ‘धर्मका नाममा मानिसको हत्या गर्ने ती आतंककारी कायर हुन् । उनीहरु शान्ति कहिल्यै चाहँदैनन् ।’

उनले नेपालले त्यस्ता आतंककारीको जहिल्यै विरोध गर्ने र यो समयमा भारत सरकारलाई साथ दिने बताए । मृतहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आलेले शोकसन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरे । यस्तै, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतंकवाद स्वीकार्य नहुने बताए । भारतमा भएको घटना निन्दनीय रहेको उनले बताए । 

मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपु सैनिकका अध्यक्ष रेशम केसीले आतंककारी घटनाले आफूहरुलाई दुखी तुल्याएको जनाए । यो घटनाको विश्व समुदायले निन्दा गरेको जनाउँदै आतंकवादविरुद्ध सबै एकजुट हुनुपर्ने उनीहरुको भनाई छ । शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीय लगायत सहभागी थिए । शोकसभा पछि दीप प्रज्वलन गरेर मृतकहरुको सम्झना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार