मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता

Ujyalosandeshonline 11869+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

नवलपुर । पूर्वी नवलपरासीको गैंडाकोट–१ स्थित ब्रिटिस क्याम्प अगाडि नारायणी नदीको बीच भागमा फसेका दुई जना पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ भने माछा मार्ने क्रममा नदीले बगाएर एक जना बेपत्ता भएका छन्। माछा मार्नका लागि नारायणी नदी तर्ने क्रममा लमजुङ घर भई भरतपुर महानगरपालिका–११ लीलाचोक बस्ने ४७/४८ वर्षका हरिनारायण श्रेष्ठ नदीको तीव्र बहावका कारण बगेर बेपत्ता हुनुभएको हो। सोही क्रममा उहाँसँगै गएका अन्य दुई जना नदीको बीच भागमा फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्म हे.क्वा. पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक राम चन्द्र खड्काको कमाण्डमा ९ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित परिचालन भएको थियो। टोलीले र्‍याफ्ट बोट को प्रयोग गरी नदीको बीचमा फसेका व्यक्तिहरूको सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरूमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३९ वर्षीय राजकुमार बि.क. र तनहुँ भानु–५ भन्सार घर भई हाल गैंडाकोट–१ धारापानी बस्ने २९ वर्षीय सुदीप दर्लामी मगर रहेका छन्। उद्धार गरिएका दुवै जनालाई ईलाका प्रहरी कार्यालय गैंडाकोटलाई बुझाइएको छ भने बेपत्ता श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार