मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

छाडा चौपाय व्यवस्थापनमा सिद्धार्थनगरले बढायो सक्रियता

Ujyalosandeshonline 11005+ समाचार ( )
६ माघ २०८१, आइतबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिका (भैरहवा) ले छाडा चौपाय व्यवस्थापनमा सक्रियता देखाएको छ । अघिल्लो वर्ष पश्चिम नवलपरासीको एक गौशालाको समन्वयमा छाडा चौपाय व्यवस्थापन गरेको नगरपालिकाले यसपटक कपिलवस्तुको बाणगंगा नगरपालिकाको समन्वयमा व्यवस्थापन सुरु गरेको हो ।

यो वर्ष माघ ५ गते शनिबार (हिजो) देखि छाडा चौपाय व्यवस्थापन अभियान सुरु गरिएको र पहिलो दिन ५० भन्दा बढी छाडा चौपाय बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । उनका अनुसार ती गाईगोरु कसैले आफ्नो भनी दावी गर्न आएमा न्यूनतम ७ हजार रुपैयाँ जरिवाना गराएर दिइने र अन्यथा व्यवस्थापनका लागि कपिलवस्तु लैजाने तयारी भइरहेको छ ।

‘छाडा चौपायका कारण नगरमा सवारी दुर्घटना बढेको छ, ’उनले भने, खुल्ला सीमा र छिमेकी पालिकाबाट यहाँ चौपाय भित्रिरहेका छन् ।’ सिद्धार्थनगर नगरपालिकाको अभियानमा बाणगंगा नगरपालिकाले सहयोग गरेको थापाले बताए ।नगर क्षेत्रभित्र थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको र यसले गर्दा सडकमा छाडा गाईवस्तु बढ्न थालेपछि व्यवस्थापन सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए ।

शहर बजारका पसले, सडकमा गुड्ने गाडीदेखि बस्तीका किसानसम्मलाई छाडा चौपायले हैरान बनाउन थालिएपछि व्यवस्थापन सुरु गरिएको उनले बताए । छाडा चौपाय व्यवस्थापनको लागि नगरपालिकाले वडा नम्बर ११ मा आफ्नै गौशाला निर्माण गर्न लागेको र निर्माणसम्पन्न नहुञ्जेल गौशाला र चरण क्षेत्र भएका पालिकाहरुसँगं समन्वय गरेर व्यवस्थापन गरिने खाँले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं छाडा चौपाय व्यवस्थापन संयोजक मुक्तिनाथ यादव (भोला) ले नगरमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि छाडा चौपाय व्यवस्थापन सुरु गरिएको बताए । उनले छाडाचौपायको सुरक्षित साथ व्यवस्थापन सुरु गरिएको र यसलाई नियमित गरिने जानकारी दिए ।

छाडा चौपाय व्यवस्थापन सदस्य तथा सिद्धार्थनगर नगरपालिका–१० का वडाअध्यक्ष सुर्जमन यादवले छाडा चौपायका कारण सवारी दुर्घटना बढेको र किसानले खेतबारीमा लगाएको अन्नबाली समेत नोक्सान हुने गरेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार