मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

Ujyalosandeshonline 12614+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

लमजुङ । लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।   

डिएसपी श्रीवास्तवका अनुसार , बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन् । दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ गते एक सूचना जारी गरेर  हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्ष सम्म पनि नविकरण नभएका हातहतियारहरु सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो ।  

स्थानीय प्रशासनले जारी गरेको सोहि सूचना अनुरुप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठुला गरेर चार सय ७० वटा हतियारहरुमध्ये एकसय १४ वटा बन्दुकधनीहरुले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आबेदन दिएर बन्दुक संचालनको इजाजत पत्र पाएकाछन् ।   

बाँकी अबैध हतियारहरुको खोजी कार्यलाई तीब्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए । साथै प्रहरीले आफूसंग भएका अवैध हतियारहरु नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध पनि गरेको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार