मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

Ujyalosandeshonline 12321+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

लमजुङ । लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।   

डिएसपी श्रीवास्तवका अनुसार , बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन् । दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ गते एक सूचना जारी गरेर  हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्ष सम्म पनि नविकरण नभएका हातहतियारहरु सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो ।  

स्थानीय प्रशासनले जारी गरेको सोहि सूचना अनुरुप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठुला गरेर चार सय ७० वटा हतियारहरुमध्ये एकसय १४ वटा बन्दुकधनीहरुले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आबेदन दिएर बन्दुक संचालनको इजाजत पत्र पाएकाछन् ।   

बाँकी अबैध हतियारहरुको खोजी कार्यलाई तीब्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए । साथै प्रहरीले आफूसंग भएका अवैध हतियारहरु नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध पनि गरेको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार