मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

टी–२० आईको फाइनलमा नेपालले नेदरल्यान्ड्विरुद्ध व्याटिङ गर्दै

Ujyalosandeshonline 12547+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्यान्ड्विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सिरिजको अन्तिम खेलमा मंगलबार नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । आज नेदरल्यान्ड्लाई पराजित गर्दै नेपाल घरेलु मैदानमा टी–२० आई सिरिजको तेस्रो पटक उपाधि जित्न चाहन्छ ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई नै १४२ रनले पछि पार्दै उपाधि जितेको थियो । त्यसपछि २०२२ को त्रिकोणात्मक टी–२० फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै दोस्रो पटक उपाधि चुमेको नेपाल आज २०२१ को नियति दोहोर्याउने रणनीतिमा मैदान प्रवेश गर्नेछ ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेल्दा नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा उपाधि प्रतिस्पर्धा गर्दै छ । नामिबिया भने ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपालको प्लेइङ ११ ः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार