मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

लुम्बिनी निर्माण व्यवसायीको साधारणसभा माघ २६ गते, मूख्यमन्त्रीले उदघाटन गर्ने

Ujyalosandeshonline 12456+ समाचार ( )
२३ माघ २०८१, बुधवार

भैरहवा । निर्माण व्यवसायीहरुको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघको १८ औ साधारणसभा यहि माघ २६ गते हुने भएको छ । 

बुधबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि संघले साधारणसभा बारे जानकारी गराएको छ । साधारणसभालाई लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेत नारायण आचार्यले उदघाटन गर्ने संघकी अध्यक्ष मन्जु भुषालले जानकारी दिइन । यस्तै सभामा जिल्लाका अन्य विशिष्ट व्यक्तिहरु संगै निर्माण व्यवसायी महासंघबाट पनि प्रतिनिधित्व हुनेछ ।

संघ स्थापना भएको २८ वर्ष पुगेको अवसरमा संघको सम्पूर्ण गतिविधी समेटिने गरि “लुम्बिनी निर्माण स्मारिका” नामको पुस्तक प्रकाशन गरि सोही दिन विमोचन गरिने भुषालले बताइन । यस्तै सोही अवसरमा संघका पूर्व अध्यक्षहरुलाइ सम्मान कार्यक्रम गरिने उनले बताइन । 

साधारणसभामा नियमित निर्णय संगै हाल विध्यमान निर्माण सामाग्रीहरुको अस्वाभाविक मूल्यवृद्धि एवम निर्माण व्यवसायीहरुको वक्यौता भुक्तानी लगायतका एजेन्डाहरु पनि साधारणसभामा लैजाने तैयारी भएको उनले बताइन । 

लुम्बिनी निर्माण व्यवसायी संघ यस क्षेत्रमा क्रियाशील निर्माण व्यवसायीहरुको संगठन हो । यो सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर सामाजिक क्रियाकलापहरुमा समेत संलग्न रहेको छ । शव वाहन सन्चालन देखि अन्य क्रियाकलाप गरिरहेको संघको मूख्य कार्यालय भैरहवा र शाखा कार्यालय बुटवलमा रहेको छ । संघामा ५ सय बढी व्यवसायी आवद्ध छन ।

संघको १८ औ साधारणसभा मणिग्रामको विश्राम वाटिकामा बिहान ८ बजे देखि शुरु हुनेछ । लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुषालको अध्यक्षता एवम महासचिव प्रीतम रौनियारको सन्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार