मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

Ujyalosandeshonline 12441+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात क्षेत्रमा भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी डिजेल, पेट्रोललगायतका इन्धनमा मूल्यवृद्धि भएकाले सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्दै भाडा समायोजन गर्न माग गर्नुभएको हो ।

गत चैत २ गते डिजेलमा प्रतिलिटर रु १० र पेट्रोलमा प्रतिलिटर रु १५ बढेपछि महासङ्घले यातायात व्यवस्था विभागलाई ध्यानाकर्षण गराई भाडा समायोजन गर्न माग गरेको थियो । यातायात व्यवस्था विभागले विसं २०६५ देखि बनेको वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरे पनि भाडा समायोजन हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । विभागले यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, मालवाहकतर्फ तराईमा ८.८१ प्रतिशत र पहाडमा १४.२९ प्रतिशत भाडा समायोजन गर्न मन्त्रालयलाई पत्राचार गर ेपनि मन्त्रालयले भने भाडा समायोजन नगर्दा व्यवसायीहरु मर्कामा परेको महाङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

महासङ्घले अब धेरै दिन घाटामा व्यवसाय सञ्चालन गर्न नसकिने र सेवा बन्द गर्नुपर्ने वा विभागबाट भाडा समायोजन गर्न सिफारिस भएबमोजिम भाडा स्वघोषणा गरी लिने विकल्प अपनाउनुपर्ने बताएको छ ।महासचिव गौतमले भाडा समायोजन नभए वैज्ञानिक विधिअनुसार भाडा समायोजन गर्न यातायात व्यवस्था विभागबाट सिफारिस भएअनुसारको भाडा लिइ सेवा सञ्चालन गर्न देशभरका यातायात व्यवसायीलाई अनुरोध गर्नेसमेत बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार