सशस्त्र प्रहरी उप्रेतीको पूर्वबाट सुरु गरिएको साइकल यात्रा गड्डाचौकी पुगेर समाप्त

Ujyalosandeshonline 11142+ समाचार ( )
२३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौँ । सशस्त्र प्रहरी नायब उपरीक्षक युकेश उप्रेतीको झापाको काँकडभिट्टादेखि सुरु भएको साइकल यात्रा कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर समाप्त भएको छ । उहाँले कात्तिक २४ गते सीमा क्षेत्रको भौगोलिक अध्ययन, सीमा वासीहरूको समस्या लगायतका विषयमा जानकारी लिनका लागि झापा जिल्लाको मेचीनगर नगरपालिका–६ नयाँ पुलस्थित दशगजाबाट सुरु गरेको साइकल यात्रा आज गड्डाचौकीमा पुगेर समाप्त भएको हो ।

सो क्रममा उहाँले करिब एक हजार ४४० किलोमिटरको साइकल यात्रा ३० दिनमा पूरा गर्नुभएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापाले जानकारी दिनुभएको छ ।

उहाँले साइकल यात्रा कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चक्रदेव भट्ट, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जनकराज उपाध्याय, भारतीय समकक्षी सशस्त्र सीमा बलका पदाधिकारी, क्वारेन्टाइन, भन्सार कार्यालयका कर्मचारीहरू, बीओपी प्रमुखहरू, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख, जनस्वास्थ्यका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलगायत स्थानीय सीमावासीहरूको उपस्थितिमा समाप्त भएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक उप्रेतीले साइकल यात्राको क्रममा छ वटा प्रदेशअन्तर्गत २१ वटा सीमावर्ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका १८६ वटा बोर्डर आउट पोष्टहरूमा स्थलगत भ्रमण गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार