मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

साई ग्लोबल कपः भैरहवा नमूना र लीलाराम विजयी

Ujyalosandeshonline 12461+ समाचार ( )
१३ पौष २०८१, शनिबार

भैरहवा । साई ग्लोबल कप (जिल्ला स्तरीय अन्तर कलेज टि–२० क्रिकेट) प्रतियोगितामा भैरहवा नमूना उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् । शनिबार भएका दुई खेलमा भैरहवा नमूनाले देवदह आदर्श क्याम्पसलाई ७ विकेट र लीलारामले मुन लाइट उच्च माविलाई ११ रनले पराजित गर्दै जित निकालेका हुन् ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ८९ रन मात्रै बनायो । उसका लागि संकेत भट्टराईले ४३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा भैरहवा नमूनाका अमित यादवले ३, सन्नी गौतमले २ तथा दीपेन्द्र मल्लाह र इरफान खानले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको भैरहवा नमूनाले १२ ओभर ४ बलमा ३ विकेटको क्षतिमा ९० रन बनाउँदै सहजै जित हाय पार्यो । उसको जितमा समीर अलीले ४९, पिन्टु साहनीले २६ र इरफान खानले ११ रनको योगदान बनाए । बलिङमा देवदह आदर्शका नामदेव चापागाईंले २ विकेट लिए । खेलमा अमित यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लीलारामले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि हरिकेष मुराउले ३४, मर्सो अहमद खानले अविजित २२, रमेश कुर्मीले १६ र अर्जुन करुसले १२ रनको योगदान दिए । बलिङमा मुनलाइटका साजाद खानले ४, अनिष यादवले ३ तथा रुपेश बस्याल र भानुभक्त पाण्डेले १–१ विकेट लिए ।

प्रतिउत्तरमा मुनलाइटले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १६ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि नरबहादुर सार्कीले ३७ र रुपेश बस्यालले ३० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिम पराजित हुन पुग्यो । बलिङमा लीलारामका गुल्शन कुमार कुर्मीले ५, अर्जुन करुसले २ तथा हरिकेष मुराउ, मर्सो अहमद खान र रमेश कुर्मीले १–१ विकेट लिए । खेलमा गुल्शनकुमार कुर्मी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार