मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

Ujyalosandeshonline 12546+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तीको नेपालमा सदुपयोग गर्न आग्रह गरेका छन् । 

नेपाल र कोरिया बिच दुई देशीय सम्बन्ध कायम भएको ५० बर्ष पुगेको अवसरमा कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहनु भएका मन्त्री भण्डारीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्द्वारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको हो ।

सो कार्यक्रममा उनले आग्रह गर्दै भने ‘तपाइँहरुले सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्ती ढुक्क भएर नेपालमा सदुपयोग गर्नुस्, नेपाल सरकार पूँजीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिबद्ध छ ।’

साथै विदेशी लगानी भित्र्याउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी गराउँदै मन्त्री भण्डारीले लगानी भित्र्याउन र लगानी सुरक्षाका लागि कानुनमा भएका सबै असहजतालाई सरकारले संशोधन तथा पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए । 

गैर आवासीय नेपालीहरुले मन्त्री भण्डारी समक्ष नेपालमा लगानी भित्र्याउन आफुहरु तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएको उनको भ्रमण दलमा रहेका स्वकिय सचिव आनन्दभट्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार