मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

एरिका र दीपेन्द्र ‘हाम्रो खेलकुद’ वर्ष खेलाडी

Ujyalosandeshonline 12441+ समाचार ( )
१९ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा आज एरिका महिला र दीपेन्द्र पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेकी थिइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मान प्रदान गर्नुभयो । एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गर्नुभयो । उनीहरूले अवार्डसहित रु २५ हजार प्राप्त गरेका छन् । हाम्रो खेलकुदले सातौँ वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गतवर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार