मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

सत्ता गठबन्धनले लेनदेन नराम्रो संकेत : महेश बस्नेत

Ujyalosandeshonline 12552+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । एमाले नेता महेश बस्नेतले सत्ता पक्षका दलहरुले गठबन्धनलाई बलियो बनाएर राष्ट्रिय सभा सदस्यका लागि गरेको लेनदेन नेपाली राजनीतिका लागि राम्रो संकेत नभएको बताएका छन् । 

एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गर्न लागेको केपी ओली कप फुटबलको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनपछि उनले सञ्चारकर्मीसँग उनले राष्ट्रिय सभा निर्वाचनका विषयमा सत्ता गठबन्धनको व्यवहारप्रति तिक्तता पोखे । आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर लेनदेनको काम भएको भन्दै उनले राजनीतिमा राम्रो संकेत नभएको बताए । 

‘सत्ता पक्षका दलहरुले आफ्नो स्वार्थमा गठबन्धनलाई बलियो बनाएर जुन खालको लेनदेनको काम गरे त्यो राजनीतिमा राम्रो कुराको संकेत होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले बोलाएको वार्तामा टीआरसी विधेयकलाई पीडितहरुको पक्षमा भन्दा पीडकहरुलाई संरक्षण गर्ने हिसाबमा ल्याउन खोजेको र राष्ट्रिय सभामा हामीलाई ६÷७ सिट दिएर टिसिआर विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजेको र चर्चित काण्डहरुलाई पनि ठूला ठूला नेता विशेषगरि सत्ता पक्षका नेताहरुको नाम जोडिएका घटनामा एमालेले नरम दृष्टिकोण राख्दियोस् भन्ने खालका कुराहरु आएपछि हामीले राष्ट्रिय सभामा अनुचित सम्झौता नगर्ने भनेर १९ सिटमा एक्लै लड्ने निष्कर्षमा पुगेको हो ।’ 

यस्तै, उनले कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्षमा ल्याउन खोजेर विगतमा बामदेव गौतम र नारायणकाजी श्रेष्ठप्रति गरेको आफ्नै टिप्पणीलाई गलत तुल्याएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार