मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानमा छौं : मन्त्री भण्डारी

Ujyalosandeshonline 12543+ समाचार ( )
११ माघ २०८०, बिहीबार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको बताएका हुन् । 

उनले भने, ‘आन्तरिक रोजगारीको निम्ति के गर्न सकिन्छ वा सरकारको सहकर्मी को हुनसक्छ भन्ने गृहकार्यमा लागेका छौं । त्यसको आधारमा २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको छौं ।’

मन्त्री भण्डारीले अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका बिभिन्न अनियमिततालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । अहिलेको वैदेशिक रोजगारको अवस्थामा जबसम्म विकल्प दिन सकिदैन तबसम्म त्यसलाई व्यवस्थित पनि गर्न नसकिने उनको भनाई छ । 

उनले भने,‘अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका बिभिन्न अनियमिततालाई नियन्त्रण गर्दै अहिलेको अवस्थामा जबसम्म विकल्प दिन सक्दैनौ त्यसलाई व्यवस्थित गर्न  सक्दैनौ । व्यवस्थित गर्ने तरिकाले काम गर्न आवश्यक छ । हाम्रो जनशक्तिलाई फर्काएर ल्याउने कुरालाई नियोजित तरिकाले काम गर्न आवश्यक छ । कहिले फर्काएर ल्याउने र देशको समृद्धिको कुरामा प्रयोग गर्ने भन्ने कुरामा एक खालको अध्ययनको आवश्यक छ ।’ उनले अहिले राष्ट्रिय आप्रवास नीतिको लागि काम गरिरहेको जिकिर गरे । 

त्यस्तै सचिव केवल प्रसाद भण्डारीले मिटरब्याजको पछिल्लो डेढ वर्षसम्म जतिपनि श्रृंखला चलेको छ त्यसमा आधा मानिस वैदेशिक रोजगारमा जानकै लागि ऋण लिन गरेको बताए । फर्किएर आएर पनि ७० प्रतिशतले ऋण तिर्न नसक्दा फेरी जानुपर्ने अवस्था रहेको भन्दै नबिल बैंकलाई वैदेशिक रोजगारमा जाने न्यूनतम मूल्य बैंकबाट सस्तो ब्याजदरमा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार