मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

स्वास्थ्यकर्मीको स्तर वृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी

Ujyalosandeshonline 12455+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

जनकपुर । मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले कर्मचारीहरुको स्तरवृद्धि नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य सेवा ऐन २०५३ र कर्मचारी समायोजन ऐन २०७५ को प्रावधान विपरीत स्थानीय तहमा समायोजन भई आएका स्थानीय तहमा कार्यरत्त चौथो र पाँचौ तहका स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिबाट स्थानीयहहरुले बञ्चित गरेको मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले आरोप लगाएको छ ।  

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष विनोद यादवले एक प्रेस विज्ञप्ति जारी गरी मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा संचालन)ऐन २०८१ ल्याइएको हुँदा हजारौ राष्ट्र सेवक स्वास्थ्यकर्मीहरु स्तर वृद्धिबाट बञ्चित भएको आरोप लगाएका छन् । अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरुको वृति विकास सुनिश्चित गर्न मधेश प्रदेश सरकारसंग माग समेत गरेको छ ।

सो ऐन संशोधन गरी स्वास्थ्यकर्मीहरुको अवरुद्ध स्तर वृद्धि सुचारु नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् र यसवाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्तर वृद्धिको माग गर्दै यहाँका स्वास्थ्यकर्मीहरु प्रदेश सरकार विरुद्ध केही दिन देखि आन्दोलित भएका छन् । तर, प्रदेश सरकारले यस आन्दोलनको बिषयमा आफ्नो धारणा समेत राख्न सकेका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार